भक्तपुरकी कोइरालासहित कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद

भक्तपुर, मंसिर २४
नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फको सांसदहरुको नाम टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ ।
कांग्रेसले आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा सेरचनको नाम चयन गरेको छ ।
खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र प्रकाशशरण महतलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको छ ।
यस्तै मधेसी तर्फ, नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण र विमलेन्द्र निधि चयन भएका छन ।
दलित तर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र जीवन परियारलाई सांसद चयन गरेको कांग्रेसले थारु तर्फ कल्पना चौधरी र विना कुमारी थनेत तथा मुस्लिम तर्फबाट जावेदा खातुन् जागालाई चयन गरेको छ ।