गोकुल बास्कोटाको घरको बाहिरी कम्पाउण्ड पर्खालमा शंकास्पद वस्तु फेला

भक्तपुर, मंसिर १८
भक्तपुरको मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मनोहरा जग्गा एकिकरण आयोजना क्षेत्रको मनोरम पार्क नजिक आज (आइतवार) बिहान शंकास्पद वस्तु फेला परेको छ । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट नवनर्वाचित सांसद गोकुल बास्कोटाको निवास नजिक उक्त वस्तु फेला परेको हो ।
प्रहरीका अनुसार बास्कोटाको घरको पश्चिम तर्फको बाहिरी कम्पाउण्ड पर्खालको छेउमा उक्त वस्तु फेला परेको हो । सेतो प्लाष्टिकले छोपेको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान थालेको छ ।
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीले परिचालन भएको र सेनाले उक्त वस्तु निष्कृय पार्ने तयारी भइरहेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।