भक्तपुरमा करिव ७२ प्रतिशत मतदान

भक्तपुर, मंसिर ४

भक्तपुरमा करिव ७२ प्रतिशत मतदान भएको छ । दुई वटा निर्वाचन क्षेत्र भएको भक्तपुरमा आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ७१ दशमलव ७२ प्रतिशत मतदान भएको हो ।
भक्तपुरमा सबैभन्दा धेरै क्षेत्र नं. १ को भक्तपुर नगरपालिकाको ख्वप इञ्जिनियरिङ कलेज मतदान स्थलमा ८० दशमलव ०३ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर जिसीले बताउनुभयो ।
यसैगरी सबैभन्दा कम भक्तपुर क्षेत्र नं. १ कै चाँगुनारायण नगरपालिकाको नगरकोटस्थित कालिका मावि केन्द्रमा ६३ दशमलव ३२ प्रतिशत मतदान भएको जिसीले बताउनुभयो ।
भक्तपुरमा दुई सय २२ वटा मतदान केन्द्र छन । ९९ हजार सात सय ५१ महिला र ९४ हजार छ सय ८३ पुरुष र अन्य पाँच जना कुल एक लाख ९४ हजार चार ३९ जना मतदाता रहेको भक्तपुरमा कुल एक लाख ३९ हजार ९३८ मत खसेको छ । मतदान गर्ने मतदातामा ६९ हजार ४४२ पुरुष, ७० हजार ४९५ महिला र १ अन्य रहेका छन ।

हेर्नुहोस कहाँ कति मत खस्यो ः