नेपालले आइसीसी यु –१९ महिला विश्वकप आयोजना गर्ने

भक्तपुर, कार्तिक २८
नेपालले पहिलो पटक आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गर्नेभएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार बंगलादेशसँगै नेपाललाई पनि सन् २०२७ को आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न दिने निर्णय गरेको हो ।
आइसीसीको बोर्ड बैठकले सन् २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आइसीसीले जनाएको छ । सो अनुसार सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले संयुक्त आयोजना गर्नेछ । त्यस्तै सन् २०२४ को आइसीसी यु–१९ पुरुष विश्वकप श्रीलंका तथा सन् २०२६ को यु–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएको छ ।