कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भक्तपुर, कार्तिक २६
भक्तपुरको सल्लाघारीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुधपाटीबाट सैनिक स्कुल हुँदैं सल्लाघारी जाँदै गरेको बागमती प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाईकल र सल्लाघारीबाट सैनिक स्कुल तर्फ आउदै गरेको बा ७ च ०८१५ नं को कार शनिवार साँझ एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाईकल चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने २३ वर्षिय सन्दिप बस्नेत हुन । उनको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
इवामुरा अस्पताल नजिक भएको दुर्घटनामा गम्भिर घाईते भएका बस्नेतलाई उपचारका लागि इवामुरा अस्पताल लगिएको थियो । दुर्घटनामा संलग्न दुबै सवारी साधन र कार चालक भक्तपुर नगरपालिका वडा नं. ४ पोटरीस्क्वायर बस्ने २० वर्षिय आयुष कायस्थ परिसर भक्तपुरको नियन्त्रणमा रहेको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।