मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, कार्तिक १७
भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको उपचार भइरहेको छ । एक जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
परिसरका अनुसार बिहिवार साँझ मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानो थिमि हलेसी मार्ट नजिकको भित्रि सडकमा बागमती ए एए २६८७ र बागमती प्रदेश –०२–०३७ प १८५२ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।


सो दुर्घटनामा स्कुटी चालक मध्यपुर थिमि नगरपालिका वडा नं. २ मगरगाँउ बस्ने ३५ वर्षिया पुष्पा थापा मगर, उनका ७ वर्षिय छोरा समर्जन थापामगर, मोटरसाईकल चालक झापा कमल गाँउपलिका घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने १८ वर्षिय करण दाहाल र मोटरसाईकलमा पछाडी सवार धादिङ गजुरी गाँउपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौ नयाँबजार बस्ने १७ वर्षिया आयुषा सुवेदी घाईते भएका थिए ।
घाईते मध्ये सुवेदीको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
त्यस्तै घाईते मध्ये पुष्पा र समर्जनको बि एण्ड बि अस्पताल ललितपुर ग्वार्कोमा उपचार भइरहेको छ । अर्का घाईते करण नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ पाण्डेले बताउनुभयो ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रहरी प्रभाग सानोथिमीको नियन्त्रणमा रहेको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।