सृजनानगरमा भएको सवारी दुर्घटनामा ६ वर्षिय बालकको मृत्यु

भक्तपुर, कार्तिक १४
सूर्यविनायक नगरापालिका–५ सृजनानगरमा कार, बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडी सवार बालकको मृत्यु भएको छ ।
जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारी नं बा ६ च ८८५८ नं कार, बा ५५ प ९९२२ नं को मोटरसाइकल र बा ४ ख ५७९६ नं को बस एक आपसमा ठक्कर खाँदा दोलखा विगु गाउँपालिका–६ खोपाचागु घर भई हाल काठमाडौं बौद्ध बस्ने ६ वर्षिय बालक आर्जन शेर्पाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक ढावा शेर्पा र उहाँका छोरा आर्जन शेर्पालाई उपचारका लागि मध्यपुर अस्पताल पठाएकोमा थप उपचारका लागि आर्जनलाई नर्भिक अस्पताल काठमाडौ रिफर गरेपछि उपचारको क्रममा आइतवार मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
प्रहरीले बस चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका–४ जिलु बस्ने २६ वर्षिय भरत चौलागाई र घर कार चालक भक्तपुर नगरपालिका–२ बस्ने २६ वर्षिय रिया कायष्ठ सहित दुर्घटना भएका तीनै सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।