मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको अन्तिम दिन आज लिग उपाधीको दुई निर्णायक खेल हुँदैं

भक्तपुर, कार्तिक ७
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा लिग विजेताको छिनोफानो लिगको अन्तिम खेलले निर्धारण गर्ने भएको छ । लिगको अन्तिम दिन आज (सोमवार) दुई निर्णायक खेल हुँदैंछ । पहिलो खेलमा वडा नं. ९ ले वडा नं. ८ को सामना गर्दैछ भने अन्तिम खेलमा वडा नं. १ वडा नं. २ सँग भिड्दै छ ।
लिगको शिर्ष स्थानमा वडा नं. १ रहेको छ । उसको ७ खेलमा ५ जित, एक बराबरी र एक हारसहित १६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको वडा नं. ९ को १५ अंक रहेको छ । ७ खेलमा २ हार व्यहोरेको वडा नं. ९ ले ५ जित आत्मसाथ गरेको छ ।
दिनको पहिलो खेलमा वडा नं. ९ ले जित निकाले लिग उपाधीको लागि वडा नं. १ ले अन्तिम खेलमा वडा नं. २ विरुद्ध जित निकाल्नु पर्नेछ । वडा नं. ९ वडा नं. ८ सँग बराबरीमा रोकिए अन्तिम खेलमा लिग उपाधीका लागि वडा नं. १ ले पनि वडा नं. २ सँग बराबरी गरे पुग्छ ।
पहिलो खेलमा वडा नं. ९ ले जित निकाले उसको १८ अंक हुनेछ । अन्तिम खेलमा वडा नं. १ बराबरी रोकिए वा पराजित भए लिगको उपाधी वडा नं. ९ ले जित्नेछ । वडा नं. ९ वडा नं. ८ सँग पराजित भए अन्तिम खेल अगावै वडा नं. १ ले उपाधी पक्का गर्नेछ ।


यसैगरी लिगको आइतवार सम्पन्न खेलमा वडा नं. ६ विजयी भएको छ । सानो थिमिस्थित मैदानमा दिनको एक मात्र खेलमा वडा नं. ६ ले वडा नं. ७ लाई ७–१ को शानदार जित निकालेको हो ।
वडा नं. ६ को जितमा मदन प्रजापतिले ह्याट्रिक गरे भने आदर्श नकर्मी, जेनिश प्रजापति, दिवस राई र सुसन प्रजापतिले एक एक गोल गरे । वडा नं. ७ का लागि मुकेश कोजुले सान्त्वना गोल गरे ।
खेलमा वडा नं. ६ ले १३ औं मिनेटमा अग्रता लिएको थियो । वडा नं. ६ का मदनले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाए । उनले खेलको ४९ औं र ६९ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पुरा गरे ।
वडा नं. ६ कै लागि खेलको ६६ औं मिनेटमा आदर्श, ७१ औं मिनेटमा जेनिश, दिवशले ७४ औं र दिवशले इन्ज्युरी समय ९२ औं मिनेटमा गोल गरे । खेलमा वडा नं. ६ का मदन म्यान अफ दि म्याच घोषित भए ।
जितसँगै वडा नं. ६ लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ । उसको ८ खेलबाट १२ अंक बटुलेको छ । उसले ३ जित, ३ बराबरी र २ हार व्यहोरेको छ ।