मध्यपुर थिमि वडा लिगमा वडा नं. ६ र ७ को जित

फाइल तस्विर

भक्तपुर, असोज २५
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा मंगलवार सम्पन्न दुई खेलमा वडा नं. ६ र वडा नं. ७ ले जित निकालेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजन तथा व्यवस्थापनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा वडा नं. ७ ले वडा नं. ४ र वडा नं. ६ ले वडा नं. ३ लाई पराजित गर्दै जित निकालेको हो ।
वडा नं. ६ को जितमा दिवस राईले निर्णायक गोल गरे । उनले खेलको ४९ औं मिनेटमा गोल गर्दै वडा नं. ६ लाई अग्रता दिलाए । पहिलो हापमा केही सुस्त देखिएको खेलमा दोस्रो हापको शुरुमै गोल भएपछि खेलले गति लिएको थियो ।
खेलमा वडा न ३ ले केही अवसर सिर्जना गरेपनि गोल भने निकाल्न सकेन । बल पोजिसनमा राम्रो पकड जमाएपनि वडा नं. ६ ले पनि केही अवसर खेर फालेको थियो ।


वडा न ३ का प्रनिश सिलवालले ४४ औं मिनेटमा, बिक्रम केशीले २३ औ मिनेटमा अमर बहादुर नेवाःले ४७ औ मिनेट तथासन्जीब कुटुले खेलको ८१ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच वडा न ६ का दिवश राई घोषित भए ।
त्यसैगरी अर्को खेलमा वडा नं. ७ ले वडा नं. ४ लाई ३–० गोलले पराजित गरे । उपाधि दाबेदार समेत मानिएको वडा न ७ को जितमा सफल प्रजापतिर क्रितिस रत्न छुँजुले एक एक गोल गरे भने वडा नं. ४ का डिकेश श्रेष्ठले आत्मघाती गोल गर्दै वडा नं. ७ लाई एक गोल उपहार दिए ।
खेलको तेस्रो मिनेटमा वडा नं. ७ का सफलले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हापमा १–० ले अग्रता लिएको वडा नं. ७ ले खेलको ६५ औं मिनेटमा अग्रता दोब्बर पारे । वडा नं. ४ का डिकेशले आफ्नै पोष्टमा गोल गरेपछि वडा नं. ७ ले अग्रता दोब्बर पारेका थिए ।


खेलको अतिरिक्त समयमा क्रितिसले गोल गर्दै वडा नं. ७ लाई ३–० को जित दिलाए ।
खेलमा वडा ७ का फरवार्ड रोहन खड्गी र सुयश खडगीले पहेलो कार्ड पाए । त्यस्तै वडा न ४ का फरवार्ड सन्दिप श्रेष्ठले पनि खेल को ६७ औ मिनेटमा पहेलो कार्ड पाए । खेलको म्यान अफ द म्याच वडा ७ का क्रितिस रत्न छुंजु घोषित भए ।