भक्तपुरमा तलेजुको पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न

फाइल तस्विर

भक्तपुर, असोज १९ 

विजयादशमीको मध्यरातको समयमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग) जात्रा गएराति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले बेह्एिर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ ।

विजयादशमीको राती तलेजु आगम मन्दिरको ख“ कुथि कोठावाट तान्त्रिक विधिपूर्वक पुजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ । जात्राको क्रममा तलेजुमा सम्वद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो का“धमा बोकेर तलेजु मूलचोकवाटबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पुजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।

पायःद्यो दरवार स्क्वायर स्थित स्वर्णद्धार पुगेपछि पंक्तिवद्ध रुपमा प्रतिक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन् । तलेजु भवानीवाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो नवदुर्गा देवगण सहित यात्रापथमा अगाडि बढ्ने प्रचलन रहेको छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधार माइन्छ ।


यसैगरी गएराती नै भक्तपुरको तलेजु भवानीका वाहनको प्रतिक सेतो घोडाको जात्रा सम्पन्न भएको छ । ऐतिहासिक तथा साँस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रीकालिन समयमा गर्ने परम्परा रहेको छ ।

जात्रा अगाडि तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पुजा, टिका साइत पुजा गरी विर्सजन पुजा सम्पन्न गरिन्छ । पुजा सम्पन्न भएपछि घोडालाई विधिवत रुपमा पुजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा शुरु गरिने पुजारी नरेन्द्र जोशीले बताउनुभयो ।

घोडालाई तलेजुको मूलचोकवाट बाहिर ल्याईसकेपछि भक्तपुर नगरको तल्लो टोल दरवार क्षेत्रवाट खौमा, इटाछें, भार्वाचो, बंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो टोल दरवार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ ।