ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो

भक्तपुर, असोज १०
बडादशैंको पहिलो दिन आज भक्तपुरको ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो लागेको छ । भक्तपुरमा बडादशैंको घटस्थापनाको दिनदेखी शुरु हुने नवरात्रको पहिलो दिन ब्रम्हायणीमा स्नान गरी ब्रम्हायणी देवीको दर्शन गर्ने र सोही खोलाको बालुवा लगेर जमरा राख्ने प्रचलन रहेको छ । सोही अनुसार ब्रम्हायणीमा बिहानै देखी दर्शनार्थी भक्तजनको घुईंचो लागेको हो ।


आजैदेखि शक्तिपिठ बाहेक भक्तपुरको दरवार स्क्वायरको तलेजु र क्वाठण्डौ स्थित एकान्त कुमारीको देवगृहमा पनि मेला लागेको छ ।
भक्तपुरमा नवरात्रको समयमा नौ दिनसम्म क्रमशः ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, ईन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुईचो लाग्ने गर्छ ।