मध्यपुर थिमि वडा लिगमा यु–२० राष्ट्रिय टोलीका खेलाडी सहभागी दुई टोली बीचको प्रतिष्पर्धामा वडा नं. ७ ले बाजी मारे

भक्तपुर, असोज ९
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता–२०७९ मा यु–२० राष्ट्रिय टोलीका खेलाडी सहभागी दुई टोली बीचको प्रतिष्पर्धामा वडा नं. ७ ले बाजी मारेको छ । लिगको आइतवार सम्पन्न दोस्रो खेलमा वडा नं. ७ ले वडा नं. २ लाई २–१ गोल अन्तरले पराजित गर्दै बाजी मारेको हो ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा वडा नं. २ मा यु–२० राष्ट्रिय टोलीका खेलाडी सोनित दाहाल र वडा नं. ७ मा क्रितिस रत्न छुँजु सहभागी थिए ।
खेलको ४ औं मिनेटमा वडा नं. ७ ले आत्मघाती गोलबाट अग्रता लिएको थियो । वडा नं. २ का सोनित दाहालले बल क्लिएर गर्नेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।


एक गोलले पछि परेको वडा नं. २ खेलको ११ औं मिनेटमा खेल फर्कियो । वडा नं. २ का जर्सी नं. ९ का कैलाश लामिछानेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ७४ औं मिनेटमा जर्सी नं. १० का विकेश दुवालले गोल गर्दै वडा नं. ७ लाई पुनः अग्रता दिलाए । अन्ततः विकेश गोल नै निर्णायक सावित भयो र खेल वडा नं. ७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलका दुई वटा पहेँलो कार्ड प्रयो भयो । वडा नं. २ का सुरज थापाले खेलको ६५ औं मिनेटमा र वडा नं. ७ का आयुष श्रेष्ठ खेलको ७२ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । वडा नं. ७ का क्रितिष रत्न छुँजु म्यान अफ दि म्याच घोषित भए ।
यसअघि सम्पन्न पहिलो खेलमा वडा नं. ८ ले वडा नं. ३ लाई २–० गोल अन्तरले पराजित गरेको थियो छ । वडा नं. ८ को जितमा रवि मन्त्र श्रेष्ठ र दिपक वाँस श्रेष्ठले एक एक गोल गरे । रविले पहिलो हापमा र दिपकले दोस्रो हापमा गोल गरेका थिए । खेलको ४१ औं मिनेटमा जर्सी नं. ११ का रविले गोल गर्दै वडा नं. ८ लाई अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा दिपकले व्यक्तिगत पहिलो तथा टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि वडा नं. ८ ले २–० को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भए ।
खेलको म्यान अफ दि म्याच वडा नं. ८ का दिपक बाँस श्रेष्ठ घोषित भए । निक्कै प्रतिष्पर्धात्मक खेलको ८१ औं मिनेटमा वडा नं. ८ का कप्तान सुजन सिपाहीले पहेँलो कार्ड खाएका थिए ।