पत्रकार छुंकामाथि आक्रमण

भक्तपुर, असोज ६
पत्रकार हरि सुन्दर छुंकामाथि आक्रमण भएको छ । समाचार संकलनको क्रममा सूर्यविनायक नगरपालिका ८, सिपाडोलस्थित शान्ति निकेतन माध्यामिक विद्यालय जाँदै गरेका छुंकालाई उक्त विद्यालयल नजिक आक्रमण भएको हो ।
दिउँसो करिव २ बजेको समयमा विद्यालयको ढोका नजिक पुग्नु भएका छुंकालाई दुई जनाले आक्रमण गरेको उहाँले बताउनुभयो । तीन जनाको समूहमा रहेका उनीहरु मध्ये दुई जनाले ढुंगाले टाउकोमा प्रहार गर्नुका साथै लात्तीले समेत हानेको पिडित छुंकाले बताउनुभयो । “दुई जनाले उग्ररुप लिएर आक्रमण गरेपनि एक जनाले भने सम्झाउने हरसम्भव प्रयास गरेका थिए,” छुंकाले भन्नुभयो, “हेल्मेट नभएको भए टाउको के हुने हो भन्न सकिने अवस्था थिएन ।”
घटनाको बारेमन प्रहरीलाई जानकारी गराएको र प्रहरी आक्रमणकारीहरुको खोजी गरिरहेको जनाएको छ । पत्रकार छुंका नेपाल पत्रकार महासंघ भक्तपुर शाखा र नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाका कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँ हाल भक्तपुर टाईम्स आनलाइनमा आवद्ध हुनुहुन्छ ।