सुस्त मनस्थिती भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

भक्तपुर, असोज ५
सुस्त मनस्थिती भएकी १५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलबस्तुको बुद्धभुमि नगरपालिका–३ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२, मगरगाँउ बस्ने ४० वर्षिय राजु नेपाली हुन ।
उनले बुधवार दिउँसो मध्यपुर थिमि–२, सानोथिमिमा एक १५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । “सोही उजुरीको आधारमा नेपालीलाई प्रहरी वृत्त थिमिको टोलीले बुधवार साँझ पक्राउ गरेको हो,” प्रनाउ पाण्डेले भन्नुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।