पौडीमा रमाए राजर्षि गुरुकूल विद्यार्थी

भक्तपुर, भाद्र २३
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरूकूल स्कूलका विद्यार्थीहरु पौडीमा रमाएका छन् । स्कूलले सदन व्यापी पौडी प्रतियोगिता आयोजना गरेपछि विद्यार्थीहरु पौडीमा रमाएका हुन् ।
विद्यार्थीहरुलाई शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विभिन्न प्रतियोगिता र कार्यक्रम आयोजना गर्ने क्रममा यसपटक पौडी प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी आरोही निरौलाले पौडीमा आफ्नो रुचि भएको बताउँदै सो रुचिलाई स्कुलले पूरा गरेको बताए । उनले मात्र नभएर नभएर कक्षा ४ का अदिसी सराफ, कक्षा ५ की विधात्री घिमिरेले पनि पौडन पाउँदाको खुसी बेग्लै रहेको अनूभूति सुनाउनुभयो ।
उनीहरुले स्कुल बिदामा अन्य ठाउँमा गएर पौडीको अभ्यास गर्ने गरेको बताउँदै विद्यालयकै पोखरीमा पौडिएर आफ्नो सीप देखाउन पाउँदा खुसी लागेको बताएका थिए ।


जीवन रक्षाका लागि समेत आवश्यक सीपमध्येमा पर्ने पौडीको सीप सिकाउन पनि सो प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले बताए । उनले पौडीप्रति विद्यार्थीको रुचि बढाउन तथा पौडीका कारण विद्यार्थीमा पुग्ने फाइदाको अनुभूति सिकाउन समेत सो प्रतियोगिता गरिएको जानकारी दिए ।
विद्यार्थीको मानसिक र शारीरिक क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले सो प्रतियोगिता गरेको स्कूलले जनाएको छ ।
स्पर्धामा विजयी विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख पौडी प्रशिक्षक शंकर कार्की, विद्यालयका संस्थापक राजेश चौधरी र विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले मेडल, प्रमाण पत्र र ट्रफी वितरण गरेका थिए ।
कार्यक्तममा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की, अर्थशास्त्री जय बञ्जाडे, विद्यालयका सल्लाहकार बिकेमान सिंहलगायतका अतिथिहरुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि राजर्षि गुरुकूलले गरेको प्रयासको प्रशंसा गरेका थिए ।
वक्ताहरुले स्कूलले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकता दिँदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रुपमा रहेका विद्यार्थीको भविष्यका लागि खेलकुद जरुरी रहेकोमा जोड दिए । उनीहरुले पढाइसँगै खेलकुद जरुरी रहेकाले विद्यालय तहबाटै खेलकुदमा लगानी गर्नुपर्ने चर्चा गरे ।