बालयौन दुरुपयोग अपराधका फरार प्रतिवादी पक्राउ

भक्तपुर, भाद्र ६
बालयौन दुरुपयोग मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवाना सजाय भई फरार भएका सूर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोकका ५१ वर्षिय हरिकृष्ण कोजूलाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।
कोजूलाई प्रहरीले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुचोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । प्रहरीले कोजूलाई सोमवार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको प्रनाउ पाण्डेले बताउनुभयो ।