भक्तपुरका चार कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि

भक्तपुर, असार २९
भक्तपुरका चार कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन । सर्वोच्च अदालतले बुधवार १ सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा भक्तपुरका चार जनाले सो उपाधि पाएका हुन ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउने भक्तपुरका कानुन व्यवसायीहरुमा नमस कार्की प्रमाणपत्र नं. ३२७६, सानु सुवाल ३२८०, हरी राउत ३७३० र उद्धव प्रसाद चौंलागाई ४४९५ रहेका छन । चौलागाईंले रामेछापबाट कानुन व्यवसाय प्रवेश गरेका थिए भने हाल भक्तपुरमा कार्यरत छन । कार्की र सुवाल २०४९, राउत र चौलागाईं २०५० सालदेखी कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गरेका थिए ।
्सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।