भक्तपुरकी छात्रा नवलपुरमा सम्मानित

भक्तपुर, असार २६
भक्तपुरकी छात्रा र कलेज नवलपुरमा सम्मानित भएको छ । त्रिभुवन विश्वविद्यालयले २०७६ सालमा लिएको व्यवस्थापन सङ्कायमा सामुदायिक क्याम्पसहरुमध्येबाट नेपाल प्रथम हुन सफल वागीश्वरी कलेजकी छात्रा बबिता ग्वाछा आइतवार नवलपुरमा सम्मानित हुनुभएको हो ।
पब्लिक क्याम्पस सङ्घको ३२ आंै वार्षिकोत्सवको अवसरमा नवलपुरको मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीमा आयोजित कार्यक्रमलाई ग्वाछालाई नगद १५ हजारसहित सम्मान गरिएको हो । ग्वाछासँगै बागेश्वरी कलेजलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर प्रसाद भण्डारीले युवा जनशक्ति विदेशमुखी भएकोमा चिन्ता व्यक्त गर्दै आयोग शिक्षालाई उत्पादनमुखी बनाउन केन्द्रीत रहेको जानकारी दिनुभयो ।
संघका अध्यक्ष शिवराज सन्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्यूएए निर्देशक डा. ऋषिकेश पाण्डे र अफिसर दिपेश सिंहले आयोगले हालै लागू गरेको ‘नेहेपे’बारे अभिमुखीकरण गर्नुभएको थियो ।