सूर्यविनायकमा नक्कली नोटसहित एक जना पक्राउ

भक्तपुर, असार २६
प्रहरीले नक्कली नेपाली नोटसहित भक्तपुरमा आइतवार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ८ बस्ने ३० वर्षिय निर विकार प्रजापति हुन ।
उनलाई प्रहरीले सूर्यविनायकस्थित राष्ट्रिय बाणिज्य बैक नजिकै बाट पक्राउ गरिएको हो । पक्राउ परेका प्रजापतिको साथबाट प्रहरीले एक हजार दरका नेपाली नोट १३ थान समेत बरामद गरिएको प्रहरी वृत्त जगातीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रजापतिलाई पक्राउ गरी खानतालसी गर्दा रंगिन फोटोकपी गरेको जस्तो देखिने १३ थान एक हजार दरका नोट बरामद भएको प्रहरीले जानकारी दिए । उनलाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको छ ।