जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, असार १४
जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने २५ वर्षिय मनिष खत्रीलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । खत्रीलाई प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका–९, बाँसघारीस्थित रुहोसा रिसोर्टमा मंगलवार बिहान सवा ४ बजेको समयमा जबरजस्ती करणी भएको भन्ने सूचनाको आधारमा प्रहरीले खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।