आदर्श चोकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भक्तपुर, असार ९
भक्तपुरको आदर्श चोक नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदैं गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार आज (बिहिवार) बिहान २ बजे भएको सो दुर्घटनामा घाईते मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा करिव ३ बजेतिर दुवै जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।