नेता बिजुक्छेंलाई पत्नी शोक

भक्तपुर, असार ८
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ । विजुक्छेंकी पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपरान्ह निधन भएको हो ।
वि सं. २०१७ पुस १४ गते रामेछापमा जन्मनुभएकी शोभाको नेता बिजुक्छेसँग २०४० साल मंसिर ११ गते विवाह भएको थियो । उनका सुवेग र सुवान दुई छोरा छन् ।