क्यान्सर ह्याज एन्सार ? एस

भक्तपुर, असार ५
कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा नो भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल क्यान्सर सपोर्ट ग्रुपले शुक्रवार नगरकोटमा गरेको ३० औ सुदिप्त क्यान्सर सर्भाइबर मिटमा क्यान्सर निको भएका व्यक्तिहरुले क्यान्सरको उपचार सम्भब भएको बताएका हुन । क्यान्सरको उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमाथि जोड दिंदै उनीहरुले नेपालमै अन्तराष्ट्रियस्तरको क्यान्सरको उपचार हुने जनाए । त्यसकारण क्यान्सर भएकाहरुले आ–आफ्नो मनोवल नगिराउन उनीहरुले सल्लाह दिए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराइले क्यान्सरबारेको जनचेतना अझै व्यापक बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उहाँले मनोबल उच्च राख्न सवै विरामीलाई सल्लाह दिनुभयो ।
ग्रुपका उपाध्यक्ष एवं सुदिप्त क्यान्सर सर्भाइबर मिटका सयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुशीसाथ जीवन विताउन सुझाव दिनुभयो । क्यान्सर पनि निको हुने रोग भइसकेको जानकारी दिँदैं उहाँले ठीक समयमा नेपालमै उपचार गरेर खुशीसाथ नयाँं जीवन जिउन सकिने बताउनुभयो । उहाँले हरेक महिना यस्ता कार्यक्रमहरु गर्दै आएको र भविष्यमा गर्दै गई सवैको मनोबल बढाउने काम गर्न कार्यक्रम गरिरहने जानकारी दिनुभयो ।
ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले आफूले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ बर्ष भएको अनुभब सुनाउँंदै नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार हुने अस्पताल रहेको बताउनुभयो । महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर र व्यापक रुपमा लैजाने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा २५ वर्ष भन्दा वढी सयमदेखि क्यान्सरलाई परास्त गरी रोगबाट मुक्त भएका दजर्नाै व्यक्तिहरुले क्यान्सर हुनबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनुपर्ने अवस्था नरहेको अनुभब सुनाएका थिए । उनीहरुले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा विशेष सचेतना अपनाउन आग्रह गर्नुभयो ।