मध्यपुर थिमि २ मा कांग्रेसका श्रेष्ठ विजयी, प्रमुखमा कांग्रेसको अग्रता कायम

भक्तपुर, जेठ १
मध्यपुर थिमि नगरपालिका वडा नं २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ ९ सय ८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा प्रकाश थापा मगरले ८ सय ९४ मत प्राप्त गर्नुभयो ।
वडाअध्यक्ष कांग्रेसले जितेपनि वडामा बहुमत सदस्य भने नेकपा एमालेका विजयी हुनुभएको छ । वडासदस्यहरु मध्ये महिला सदस्यमा सरिता अर्याल ९२२, दलित महिला सदस्यमा अम्बिका रजक ९०० र एक खुल्ला सदस्यमा रबिन सिजापती ९८१ मतका साथ एमालेबाट निर्वाचित हुनुभएको छ । त्यस्तै एक सदस्यमा कांग्रेसका शेखर थापा मगर ८३१ मतका साथ विजयी हुनुभयो ।
वडा नं. २ बाट नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले ९९४, एमालेका मदनसुन्दर श्रेष्ठले ८४६ मत प्राप्त गर्नुभयो । त्यस्तै उपप्रमुखमा एमालेका उत्तरा नेपालले ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४६९ मत प्राप्त गर्नुभयो ।


यसैबीच पछिल्लो मत परिणाम अनुसार मध्यपुर थिमिको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्रले २ हजार ७९९ मतका साथ अग्रता लिइरहनु भएको छ । उहाँलाई नेकपा एमालेका मदनसुन्दरले २ हजार ११३ मतले पछ्याई रहनुभएको छ ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी उत्तराले २ हजार ४७० मतले अग्रता बनाउँदा नेकपा माओवादी केन्द्रका विजयकृष्णले १ हजार ६५३ मतले पछ्याई रहनुभएको छ ।