मध्यपुर थिमि १ मा कांग्रेसका डंगोल विजयी 

भक्तपुर, बैशाख ३१

मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका कृष्णकुमार प्याथलाई पछि पार्दै जित हासिल गर्नुभएको हो ।
कुल खसेको ३ हजार ५०८ मत मध्ये डंगोलले १७१० मत ल्याएर विजयी हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी प्याथले १२९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मैयाँ कँडेलले जानकारी दिनुभयो ।


त्यसैगरी वडा सदस्यहरुमा महिला सदस्यमा कांग्रेसका सरस्वती खड्का १७२४, दलित महिला सदस्यमा कांग्रेसकै रिमा परियार १६८६, खुल्ला सदस्यमा कांग्रेसकै कान्छाराम द्धारे १६०६ मतसहित विजयी हुनुभयो । त्यस्तै अर्का एक खुल्ला सदस्यमा नेकपा एमालेका श्यामकृष्ण प्रजापति १५८५ मतका साथ विजयी हुनुभयो ।
त्यस्तै मध्यपुर थिमि १ बाट नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता लिनुभएको छ । उहाँले १८०५ मत प्राप्त गर्नुभयो । उहाँलाई नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले १२६७ मतका साथ पछ्याई रहनुभएको छ ।
उपप्रमुखमा नेकपा एमालेकी उत्तरा नेपालले १४८७ मतले अग्रता बनाउँदा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ११८४ मत प्राप्त गर्नुभएको छ । मध्यपुर थिमिमा कांग्रेस र माओवादी केन्द्रबीत गठबन्धन भएको हो, जसअनुसार माओवादी केन्द्रले उपप्रमुख र प्रत्येक वडामा एक सदस्य पाएका थिए ।