प्रमुख निर्वाचन आयुक्त थपिलयाले गरे मतदान

लक्ष्मी गारु, भक्तपुर, बैशाख ३०
प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका छन । उहाँले बिहान ७ बजे उक्त मतदान स्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो ।
मतदान गरेपछि सञ्चारकर्मीहरुसँग प्रत्यक्ष कुराकानी गर्दै प्रमुख आयुक्त थपलियाले पाँच वर्षपछि आप्mनो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिनुभयो । उहाँले मतदान गर्दा उत्साहित भएको बताउँदैं आम मतदाताहरुलाई पनि उत्साहपूर्वक मतदान गर्न आह्वान गर्नुभयो ।

मतदान गर्नुअघि उहाँले मतदानस्थलको अवलोकन गर्नुभएको थियो । सो अवसरमा उहाँले जनताको नजिकको सरकार चुन्ने मत अत्यन्त अमूल्य भएको बताउँदैं मतदाताहरुलाई अत्यन्त विवेकपूर्ण ढंगले निधक्क र भयरहित वातावरण मतदान गर्न, कुनैपनि उम्मेदवाको पद, सामथ्र्य, शक्तिबाट विचलित नहुन आग्रह समेत गर्नुभयो । “मतदान मतदाताको अधिकार हो । यो अधिकारलाई कतव्र्य सम्झेर, इमानलाई सम्झेर, निष्ठालाई सम्झेर र मेरो स्थानीय सरकार साँच्चै नै गतिलो बनाउँछु भन्ने उत्साहका साथ आफुलाई मन परेको उम्मेदवारको चिन्हका मतदान गर्नुहोस,” उहाँले भन्नुभयो, “धेरै कुरा पटक पटक गर्न सकिन्छ मतदान ५ वर्षमा एक पटक गर्ने हो । त्यसैले मतदान गर्नुहोस र शान्ति र समृद्धिको चाहना पुरा गर्नुहोस ।”
उहाँले साँझ ५ बजे लाइनमा बसेका सबैले मतदान गर्न पाईने र ५ बजे अगावै सबै मतदाताले मतदान गरेपनि टोली ५ बजेसम्म मतदान स्थलमा नै बसीरहने जानकारी दिनुभयो ।