छतबाट खसेर ४४ वर्षिय पुरुषको मृत्यु

 

भक्तपुर, बैशाख २०
भक्तपुरको लिवालीमा घरको छतबाट खसेर ४४ वर्षिय एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका ८ लिवालीस्थित आप्mनै ५ तले घरको छतबाट खसेर ४४ वर्षिय लक्ष्मी सुन्दर कुसाथाको मृत्यु भएको हो ।
छतबाट खसेर गम्भिर घाईते भएका कुसाथालाई उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।