नेपाली कांग्रेस सूर्यविनायक नगर समितिद्धारा विभिन्न शाखा गठन

भक्तपुर, फागुन २६
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले विभिन्न १५ वटा शाखा गठन गरी संयोजकको जिम्मेवारी प्रदान गरेको छ । नगर समितिको बिहिवार बसेको छैंटों बैठकले नेपाली कांग्रेसको विधान अनुसार नगर सभापतिको प्रस्तावमा १५ जनालाई नगर समितिको सदस्यमा मनोनित समेत गरेको छ ।
बैठकले कृष्ण वाग्ले, शंकर ढुंगेल, गौरी नारायण कासुला, राजन खड्का, मेनुका रोक्का, डा. सुशिलराज केसी, श्याममणी तिमल्सिना, सागर खड्का, रमेश खड्का, लक्ष्मी पिला श्रेष्ठ, संजोग थापा, पवन बस्नेत, रुपक न्यौपाने, जनक खत्रीलाई नगर कार्यसमिति सदस्यमा मनोनयन गरेको नगरसभापति निशान ढुंगेलले जानकारी दिनुभयो ।
यसैगरी बैठकले विभिन्न शाखाको गठन गरी संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ । नगर सभापति ढुंगेलका अनुसार वरिष्ठ पत्रकार रमेश खड्का नगरको प्रचार प्रसार तथा सञ्चार शाखा एवम् प्रवक्ता, रुपक न्यौपाने संगठन शाखा, संजोग थापा विकास समन्वय शाखा, जन भण्डारी अभिलेख शाखा, विनय नगरकोटी युवा तथा खेलकुद शाखा, डा. सुशिलराज केसी स्वास्थ्य शाखा, श्यामकुमार खत्रीलाई शिक्षा शाखा संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी पेशागत तथा बुद्धिजिवी शाखामा गिता तिमिल्सिना, विद्यार्थी समन्वय शाखामा सलिना केसी, कार्यक्रम तथा समन्वय शाखामा श्याममणी तिमिल्सिना र प्रशिक्षण शाखामा रमेशकुमार अधिकारी संयोजक तोकिएका छन ।
त्यस्तै बैठकले मुकेश श्रेष्ठ, कान्छी श्रेष्ठ, सलिना केसी, तेज लामा, हरिकृष्ण श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नानीमैया गोसाईं, संजोग थापालगायतका सदस्य रहेको कार्यसम्पादन समिति समेत गठन गरेको प्रवक्ता रमेश खड्काले बताउनुभयो ।