वीर गणेशमान स्मृतिमा देउराली डोजो च्याम्पियन

भक्तपुर, फागुन २१
मध्यपुर थिमि वडा नं. ९ टिकनीमा आयोजित दुई दिने सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगितामा बानेश्वरको देउराली डोजो टिम च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को सहयोगमा मध्यपुर सितेरियो कराते डोजोले आयोजना गरेको काठमाण्डौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगितामा देउराली डोजो ९ स्वण ६ रजत र ३ कास्य सहित च्याम्पियन बनेको हो । देउरालीले नगद २० हजार सहित ट्रफी उचाले ।


प्रतियोगितामा भक्तपुर मेन डोजो दोस्रो भए । भक्तपुरले ६ स्वर्ण ६ रजत र ५ कास्य पदक जिते । उसले नगद १० हजारसहित सहित ट्रफी पाए । प्रतियोगितामा मध्यपुर थिमि डोजोले १ स्वर्ण, ४ रजत र ७ कास्य पदक सहित तेस्रो स्थान हासिल गरे । उसले पनि नगद ५ हजार र ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा उदियमान खेलाडी प्रज्ञा गुरुङ्ग, अनुशासित टिममा नगदेश डोजा घोषित भए । महिलातर्फ कञ्चन नेपाली र पुरुषतर्फ विद्या आर्जन स्कुलका सुलभ भुजुले उत्कृष्ट खेलाडीको उपाधीका साथै माउन्टेन बाइक पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडी तथा टोलीलाई पुरस्कृत गर्दै बागमती प्रदेश भौतिक योजना मन्त्री कृष्णलाल भँडेलले स्वास्थ्यका लागि मात्र नभएर देशका लागि खेलकुद अपरिहार्य भएकोले खेलको विकासमा सबै तहका सरकारले काम गर्नुपर्ने बताए । उनले खेलको विकासमा आफूले सकेको सहयोग समेत गर्ने भन्दै खेलको विकास सँगै देशको पनि विकास हुने बताए ।


यस्तै प्रतियोगिता समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मीले खेल विकासका लागि नगरले जस्तो पनि योगदान दिन तयार भएको बताइन । उनले मध्यपुरलाई खेलकुदको हव नै बनाउने हेतुले आफूहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए ।
मध्यपुर सितेरियो कराते डोजोका अध्यक्ष कालु राम धेकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर १ का सभापति जीवन खत्री, मध्यपुर थिमि नगरपालिका वडा नम्वर ९ का कार्यवहाक अध्यक्ष गोकुल खड्का, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ लगायतले खेलको विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए ।