घरको पहिलो तलाबाट खसेर मृत्यु

भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिका–१, सल्लाघारी सिर्जनानगर बस्ने ७८ वर्षिय वृद्ध दिपक कुमार भुषाल आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार खसेर गम्भिर घाईते भएका भुषालको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।