जोन्छेंको ७८ औं जन्म जयन्तीमा रक्तदान

भक्तपुर, फागुन ८
शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा जोन्छेंको ७८ औं जन्म जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । भक्तपुरको बंशगोपालमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेको प्रतिष्ठानले जनाएको छ ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् बागमति प्रदेशका उद्योग, वाणिज्य तथा आपुर्ती राज्यमन्त्री रजनी अमात्य जोन्छेंले प्रतिष्ठानले सामाजिक उत्तरदायित्व वहन गर्दै शहिद जोन्छेंको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।


नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रजातन्त्रवादी र लोकतन्त्रवादी कांग्रेसका कार्यकर्ताहरुले सधै जनताका दैनिक आधारभुत आवश्यकता परिपुर्ती गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभयो । जनताको गास, वास र कपासको पुर्तीका लागि नै कांग्रेसले २००७ सालमा प्रजातन्त्रका लागि क्रान्ति गरेको स्मरण गराउँदैं सभापति थापाले शहिद जोन्छेंले पनि आफ्नो जीवनमा सधैं जनताको समिपमा रहेर राजनीति गरेको बताउनुभयो ।