काठमाण्डौंसहित देशका विभिन्न भेगमा वर्षा

भक्तपुर, पुस १४
उपत्यकासहित देशका विभिन्न भागमा बुधवार बिहानैदेखी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भैरहेको छ ।
यो मौसमी प्रणाली तीन दिन रहन सक्ने र यसका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ । दिउँसो र राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा र प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशभर आंशिक बदली रही एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।