विद्यालयस्तरीय भक्तपुर कप फुटबलमा मदरल्याण्ड च्याम्पियन

भक्तपुर, पुस १३
मदरल्याण्ड स्कुल दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिताको च्याम्पियन बनेको छ । स्थानीय महेश्वरी खेल मैदानमा मंगलवार सम्पन्न फाइनलमा सहआयोजक स्प्रिङडेल इङ्गलिस बोर्डिङ्ग स्कुल लिवालीलाई ०–१ गोलले पराजित गर्दै मदरल्याण्ड च्याम्पियन बनेको हो ।
मदरल्याण्डको जितमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको पहिलो हापमा स्प्रिङडेलका खेलाडीले गरेको आत्मघाती गोलले नै मदरल्याण्डलाई च्याम्पियन बनाएको हो ।


सिद्धि स्मृति प्रतिष्ठानको सहयोगमा भक्तपुर एफसी ११ र स्प्रिङडेलले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा उपाधी जित्ने मदरल्याण्डले नगद १० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे । दोस्रो हुने स्प्रिङडेलले नगद ५ हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे । विजयी टिम र खेलाडीलाई बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले पुरस्कार वितरण गरे ।
फाइनलमा स्प्रिङडेलका आजाद प्रजापति म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा विजेता मदरल्याण्डका सुदिल थुयाजु उत्कृष्ट खेलाडी, सुनिल लामा उत्कृष्ट गोलकिपर र अतित तामाङ उत्कृष्ट रक्षक घोषित भए भने उदियमान खेलाडीमा स्प्रिङडेलका अतित लामा घोषित भए । ख्पप्रिङ स्कुलले फेयर प्ले अवार्ड हात पारे ।