मदनकृष्ण श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

भक्तपुर, पुस ५
नेपाली कांग्रेस भक्तपुरका नेता मदनकृष्ण श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठ कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत अपाङ्गतातर्फको खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय ४० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । एक पदका लागि १२ जना चुनावी प्रतिस्पर्धामा थिए । मतदानमा कुल खसेको ४ हजार ६ सय ७२ मध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।