नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी, २३९३ मत गन्दा शशांक अगाडि

भक्तपुर, पुस ४
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्ग नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको केन्द्रीय सदस्य (खुल्लातर्फ)को मत गणना जारी रहेको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ शनिवार राती साढे १० बजेसम्म दुई हजार हजार तीन सय ९३ मत गणना सकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार डा. शशांक कोइराला १ हजार ९७१ मतका साथ अग्र स्थानमा रहनुभएको छ । उहाँलाई एन पी साउदले १ हजार ५३८ मतका साथ पछ्याईरहनुभएको छ । तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाँण १५०७, चौंथो स्थानमा रमेश लेखक १४५१, पाँचौ स्थानमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १४२३ मत छन ।
मत गणना आइतवार बिहान ९ बजे सम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने छन् । जसमा ९९ जना चुनाव लडेका छन ।
यस्तो छ परिणाम
१) अजयबाबु शिवाकोटी– ९०९
२) अर्जुननरसिंह केसी– १३८३
३) उदय शमशेर राणा –१४४५
४) एनपी साउद–१५३८
५) उमेशजंग रायमाझी–८९१
६) कुन्दनराज काफ्ले–११४३
७) कृष्णकिशोर घिमिरे–९२९
८) केदार कार्की–८१९
९) गंगाधर तिवारी–७६२
१०) गणेश लामा–८८८
११) गुरु बराल–१०३६
१२) गोपालमान श्रेष्ठ –१३२३
१३) गोपाल दहित–९३१
१४) गोविन्द भट्टराई–१२७७
१५) गोविन्द राज पोखरेल–९६२
१६) जीतजङ्ग बस्नेत–१२८३
१७) जिप छिरिङ्ग लामा–१३१२
१८) दिनेश कोइराला –९२५
१९) दीपक गिरी–११७४
२०) दिलेन्द्र प्रसाद बडू–१२३१
२१) नैनसिंह महर–१२८३
२२) पद्मनारायण चौधरी–११३७
२३) बल बहादुर केसी–१२३३
२४) बालकृष्ण खाँण–१५०७
२५) मंगलप्रसाद थारु– ८७१
२६) मदनबहादुर अमात्य– ९०८
२७) मनोजमणि आचार्य–८५४
२८) ई. मोहन आचार्य–९१३
२९) मोहनबहादुर बस्नेत–१२०२
३०) यज्ञबहादुर थापा–८००
३१) रमेश लेखक–१४५१
३२) डा.रामशरण महत–१२८१
३३) राजीव ढुंगाना–९३५
३४) रामहरि खतिवडा–१३९५
३५) वीरेन्द्रकुमार कनौडिया–९१९
३६) शंकर भण्डारी–१४३७
३७) शम्भुलाल श्रेष्ठ–७९१
३८) सञ्जयकुमार गौतम–१००१
३९) सुनिलबहादुर थापा–१२४६
४०) डा.शशांक कोइराला–१९७१
४१) सुरेन्द्रराज पाण्डे–११५१
४२ हरिप्रसाद नेपाल–७८७
४३) ज्ञानेन्द्रबहादुर कार्की–१४२३
४४) जनकराज गिरी–७४४
४५) तीर्थराज खनियाँ–७८०