भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला

भक्तपुर, पुस ३
भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६, पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइप भित्र एक थान भरुवा बन्दुक फेला परेको हो ।
बन्दुक कसले कुन प्रयोजनको लागि ल्याएर लुकाएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भरुवा बन्दुकबारे स्थानीयले खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।