नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

भक्तपुर, पुस १

नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३  र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्। यद्यपी केन्द्रीय निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ।

प्रकाशशरण महतले १ हजार ५ सय ५६,  प्रदिप पौडेलले १ हजार ३ सय ९३ डा. मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन्।