भक्तपुरका ६ जना कांग्रेस केन्द्रीय सदस्यको प्रतिष्पर्धामा

भक्तपुर, मंसिर २६
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भक्तपुरका ६ नेता प्रतिष्पर्धामा छन । सात नेताले उम्मेदवारी दर्ता गरेकोमा एक जनाले फिर्ता गरेपछि दुई महिलासहित ६ जना भक्तपुरका नेता केन्द्रीय सदस्यको दौडमा छन ।
भक्तपुरबाट शेरबहादुर देउवा समूहबाट मदनकृष्ण श्रेष्ठले अपांगता भएकाको कोटामा उम्मेदवारी दिनुभएको छ भने गंगालक्ष्मी अवालले आदीवासी जनजाती महिलामा उम्मेदवारी दिनुभएको छ । देउवा निकटका रमा कोइराला पौडेलले पनि महिलाको खुल्लामा उम्मेदवारी दिनुभएको छ, तर पौडेल देउवाको आधिकारिक प्यानलमा पर्नु भएको छैन । देउवा समूहकै मुरारीप्रसाद आर्चायले पनि खुल्लामा उम्मेदवारी दर्ता गरेपनि प्यानलमा नपरेपछि आचार्यले उम्मेदवारी फिर्ता लिनुभयो ।
त्यसैगरी गणेशमान चक्रधरले प्रकाशमान सिंहको समूहबाट आदीवासी जनजातीमा र प्रविन वनले खुल्लाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । भक्तपुरका अर्का प्रतिनिधि पुरुषोत्तम लामिछानेले पनि खुल्लातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।