नेपाली कांग्रेस बागमति प्रदेशको उपसभापतिमा महर्जन र बस्नेत निर्वाचित

भक्तपुर, मंसिर २१
नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिमा चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । बागमति प्रदेशको अधिवेशन अन्तर्गत गत शनिवार सम्पन्न मतदानमा महर्जन १०३७ र बस्नेत १०५९ मतका साथ उपसभापतिमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी मंगलवार बिहान सम्पन्न मतगणना अनुसार महामन्त्रीमा कञ्चनचन्द्र बाडे र राजु श्रेष्ठ निर्वाचित हुनुभयो । बाडेले ९९५ र श्रेष्ठले ९१० मत प्राप्त गर्नुभयो । महामन्त्रीमा उम्मेदवारी दिनुभएका भक्तपुरका युवा नेता सुरेश श्रेष्ठले १६३ मत प्राप्त गर्नुभयो ।
महिला सह–महामन्त्रीमा जीवन डङ्गोल र सह महामन्त्री खुल्लामा हरिशरण श्रेष्ठ र ऋषि घिमिरे निर्वाचित हुनुभएको छ । डङ्गोलले ९४९ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले ८३९ र घिमिरेले ९१६ मत प्राप्त गर्नुभयो ।
कसले कति मत ल्याए ?