नेपाली कांग्रेस भक्तपुरको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

भक्तपुर, मंसिर ५
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिवार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयन्द्र खड्का, शिव अवाल, प्रदिप कार्की र ओमप्रकाश श्रेष्ठलाई सभापतिमा निर्वाचित गरेको छ ।
प्रदेशसभा क्षेत्रको शनिवार सम्पन्न अधिवेशनमा भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा–१ (भक्तपुर नगर क्षेत्र)को सभापतिमा शिव अवालको पुरै प्यानल विजयी भए । यो क्षेत्रको उपसभापतिमा राम कुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवद्धयमा भक्ति अवाल र रुमन श्रेष्ठ, सहसचिवद्धयमा सृजना नागा र झम्केश्वर गणेजु निर्वाचित भए ।


त्यस्तै भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा–२ (चाँगुनारायण नगर क्षेत्र)को सभापतिमा जयन्द्र खड्का विजयी भए । उपसभापतिमा रमेश केसी(लामिछाने) र दिनेश अवाल निर्वाचित भएका छन भने सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा संजीव पुरी र सरिता थापा विजयी भएका छन ।
यस क्षेत्रबाट प्रदेश प्रतिनिधितर्फ खुलामा माधवप्रसाद न्यौपाने, शिवराम पुरी, गणेशप्रसाद फुयाँल, जोशना बस्नेत, प्रकाश बास्तोला, रामकुमार के सी र सुमन तामाङ, महिलातर्फ साधना मल्ल ठकुरी, निर्मला केसी र मिरा वाग्ले थापा, आदिवासी जनजाती खुलामा लक्ष्मण श्रेष्ठ र ज्ञानेन्द्र तामाङ, खसआर्य खुलामा राजकुमार खड्का र दधिराम खड्का, खसआर्य महिलामा संगिता दुलाल निर्वाचित भएका छन ।


यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा–१ (सूर्यविनायक नगर क्षेत्र)को सभापतिमा प्रदिप कार्की निर्वाचित भए । यो प्रदेश सभाको उपसभापतिद्धयमा शशिकुमार न्यौपाने र भगवान खत्री निर्वाचित भए । सचिवद्धयमा राजाराम थापा र शुसिला ढुंगेल, सहसचिवद्धयमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका छन ।


भक्तपुर निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा–२ (मध्यपुर थिमि नगर क्षेत्र)को सभापतिमा ओम प्रकाश श्रेष्ठसहित पुरै प्यानल विजयी भएका छन । यो क्षेत्रको उपसभापतिद्धयमा बच्चु कैलाश बुढाथोकी र राजेन्द्र चक्रधर निर्वाचित भए । सचिवद्धयमा प्रेमबहादुर कुटु र बालकृष्ण श्रेष्ठ, सहचिवद्धयमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधि खुलातर्फ ईन्द्रबहादुर प्रजापति, श्रीकृष्ण श्रेष्ठ, कान्छा श्रेष्ठ, जगतकृष्ण हेका, शुक्रवीर जोशी, पुनहरी होना, किरण बाडे, सुशिला कुमारी सिग्देल, विनु के सी, ईन्दिरा कडेल (खड्का), आदीबासी खुल्लातर्फ राजुभाई प्रजापति, बाबुरत्न प्रजापति, आदीबासी जनजाती महिलातर्फ सत्यलक्ष्मी श्रेष्ठ, रामकेशरी सिपाही, खसआर्य खुलातर्फ मनहरी भण्डारी, खसआर्य महिलातर्फ मुनु बिष्ट, दलिततर्फ सिता विश्वकर्मा, अल्पसंख्यकतर्फ कल्पना माझी बोटे निर्वाचित भए ।