भक्तपुर चेम्बरको पहलमा उद्यमी व्यवसायीलाई कोरोना विरुद्धको खोप

भक्तपुर, असोज १५
भक्तपुरका उद्यमी व्यवसायीहरुले शुक्रवार कोरोना विरुद्धको खोप लगाएका छन । भक्तपुर चेम्बर अफ कमर्शको पहलमा उद्यमी व्यवसायीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन ।
कार्यक्रममा विभिन्न उद्योग व्यवसायमा आवद्ध २५० जना मजदुर तथा कर्मचारीहरुले खोप लगाएको चेम्बरका अध्यक्ष न्हुछे रत्न मानन्धरले जानकारी दिनुभयो । मुलुकको आर्थीक क्रियाकलापमा प्रत्यक्ष संलग्न हुनुपर्ने उद्यमी व्यवसायीहरु कोरोनाको उच्च जोखिममा रहेकाले चेम्बरले खोपको पहल गरेको अध्यक्ष मानन्धरले बताउनुभयो । उहाँले चेम्बरको पहलले उद्यमी व्यवसायीले सहजरुपमा खोप प्राप्त गरेको बताउनुभयो ।
खोप कार्यक्रमका लागि स्वास्थ्य कार्यालय भक्तपुरले आवश्यक सहयोग र समन्वय गरेको थियो ।