मध्यपुर थिमि १ मा खड्काको प्यानलै विजयी

भक्तपुर, भाद्र २२
नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ इकाई सभापतिमा विजयकृष्ण खड्का विजयी हुनुभएको छ । वडा अधिवेशन अन्तर्गत शनिवार भएको मतदानमा खड्का २७२ मतका साथ विजयी हुनुभएको हो । इकाई कार्यसमितिमा खड्काको पुरै प्यानल विजयी भएको छ ।
प्राप्त अन्तिम मत परिणाम अनुसार खड्काका निकतम प्रतिष्पर्धी रत्न कुमालले १२७ मत प्राप्त गर्नुभयो । इकाई समितिको उपसभापतिमा दिलकृष्ण प्रजापति र श्रीकृष्ण पंगेनी विजयी भए । प्रजापतिले २९१ र पंगेनीले २६० मत प्राप्त गनुभयो ।
सचिवमा सुरेश बस्नेत र अक्षय कवे वियजी भए । बस्नेतले २८२ र कवेले २९८ मत प्राप्त गर्नुभयो । सहसचिवमा ३०१ मतका साथ रोशन कवे र २९३ मतका साथ संजिव डंगोलले जित हासिल गर्नुभयो ।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर वडा नं. १ इकाई समितिका नवनिर्वाचित इकाई सभापति विजय खड्का

त्यसैगरी कार्यसमिति सदस्य खुल्लामा रविन ह्योजु (२८६), सुदिप डंगोल (२८३), श्रीराम कुटु (२९९), राजेन्द्र कार्की (२७६), गोविन्द भट्ट (२५८), श्रीराज बिष्ट (२८०), अजिल कुटु (२९०), सुजन कवे (२७९), आदीवासी जनजातीतर्फ खुल्लामा विकु कुमाल(२८७), सुनिल डंगोल(२९०) र बुद्धिमान हेका (२८७) विजयी हुनुभएको छ ।
यसअघि कार्यसमिति सदस्य खयआर्य तर्फको महिलामा मिरा क्षेत्री कुँवर, खसआर्य तर्फको खुल्लामा पदमबहादुर सिजापति र रामकाजी कार्की, आदिवासी जनजातीतर्फको महिलामा विष्णुमति मुस्यान र दानकेशरी द्धारे, प्रत्यक्ष महिलातर्फ ऋजु कँडेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा पनि खड्काको समूह विजयी भएको छ । क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फका उम्मेदवार अष्टकुमार कवेले सबैभन्दा बढी ३२१ मतका साथ जित हासिल गर्नुभयो । त्यसैगरी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् प्रखरवक्ता मनमोहन भट्टराई २८४ मतका साथ प्रतिनिधिमा विजयी हुनुभयो । भाईकृष्ण खड्का (२५७), प्रेमबहादुर खड्का (२९६), अष्टबहादुर डंगोल (२७७), बाबुकाजी डंगोल (२७६), सुर्यमान मुस्यान (२८९), रमेश प्रजापति (२५४), उमेश खड्का (२८०), सिताराम कुटु (२७६), जगतकृष्ण हेक्का (२६९), किशोर हेका (२४५) र हरिभक्त ह्याजु (२२५) खुल्लातर्फ क्षेत्रीय प्रतिनिधिमा विजयी हुनुभयो ।
क्षेत्रीय प्रतिनिधिमा नै महिला खुल्लातर्फ निर्मला खड्का (२८४), डा. सुनिता प्रजापति (२७५), सिता बिष्ट (२७६), धनमाया प्रजापति (२५८), ऋचा कवे (२६८), सिन्द्रु कुमाल (२४७) र कविना कुमाल प्रजापति (२३५) विजयी हुनुभयो ।
दलिततर्फ सरोज परियार (२३८) आदीवासी जनजातीतर्फको महिलामा प्रतिभा अदुवा श्रेष्ठ (२६६), भारती गुरुङ (२७०), विजयलक्ष्मी महर्जन (२८०), पार्वती डंगोल (२७४), आदीवासी जनजातीतर्फको खुल्लामा कान्छाराम द्धारे (२५३), संजय कुटु(२७०), तेजकुमार डंगोल (२६१), रत्नकृष्ण कवे (२५२), खसआर्यतर्फको महिलामा कल्पनादेवी पोखरेल (२७४), मुनु बिष्ट (२७९), सरस्वती खड्का (ख), (३००), खसआर्यतर्फको खुल्लामा बच्चुकैलाश बुढाथोकी (२७०) , मिनराम बिष्ट (२९४) र परशुराम कट्टेल (२६५) पनि क्षेत्रीय प्रतिनिधिमा विजयी हुनुभयो ।
क्षेत्रीय प्रतिनिधितर्फ मधेशीतर्फ रामदिनेशल लाल कर्ण र अल्पसंख्यकतर्फ चन्द्रमाया माझी निर्विरोध निर्वाचित हुनुभएको थियो ।