भक्तपुरका ३८ वटा वडामध्ये ३३ वटामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

भक्तपुर, भाद्र २०
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त भक्तपुरमा स्थानीय तहका ३८ वटा वडामध्ये ३३ वटामा सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका चार स्थानीय तह मध्ये भक्तपुर नगरपालिकाका १०, सूर्यविनायकमा ९, चाँगुनारायणमा ९ र मध्यपुर थिमीमा पाँच गरी ३३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बाँकी ५ वटामा सोमवार निर्वाचन गर्ने तयारी भइरहेको छ ।
वडा इकाई समितिको अधिवेशनले भक्तपुर नगरपालिकाको वडा नं. १ मा रुपेश धौवञ्जार, २ मा बद्री केदार दुवाल, ३ मा पुरुषोत्तम शिल्पकार, ४ मा ऋषि केशव तिमिला, ५ मा नारायणप्रसाद तमुख, ६ मा केशव दुवाल, ७ मा विरेन्द्र कर्मचार्य, ८ मा राजन ढिङ्गरे, ९ मा तिलकमान श्रेष्ठ र १० कृष्णकुमार सुवालको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको नेपाली कांग्रेस जिल्ला समितिको अभिलेख शाखाका संयोजक सुशिल बस्नेतले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकामा क्षेत्रीय प्रतिनिधिहरु समेत सर्वसम्मत चयन भएका छन ।
सूर्यविनायक नगरपालिकाको १० वटा वडा मध्ये ९ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यहाँ वडा नं. १० मा मात्र निर्वाचन हुने भएको छ । यहाँको वडा नं. १ मा सुरुज मिश्र, २ मा कृष्णभक्त श्रेष्ठ, ३ मा प्रभुभक्त माडी श्रेष्ठ, ४ मा पवन न्यौपाने, ५ मा राजु ढुङ्गेल, ६ मा राजेन्द्र ट्वाटी, ७ मा जगदिश बस्नेत, ८ मा बच्चुराम थापा र ९ मा गोकुल खत्री वडा इकाई समिति सभापति चयन भएका छन् ।
चाँगुनारायण नगरपालिकाको ९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । चाँगुनारायणको वडा नं. १ मा नरेन्द्र अवाल, २ मा रिजेन कार्की, ३ मा राजेश शाही, ४ मा जनार्दन केसी, ५ मा जनक थापा, ६ मा विरमान तामाङ्ग, ७ मा मनोज गिरी, ८ मा तिर्थराज घोरासाईनी र ९ मा टेकबहादुर खत्री वडा सभापतिमा सर्वसम्मत भएको अभिलेख शाखा संयोजक बस्नेतले बताउनुभयो ।

त्यसैगरी मध्यपुर थिमि नगरपालिकाको ९ वटा मध्ये ५ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने चार वटामा निर्वाचन हुने भएको छ । मध्यपुर थिमिको वडा नं. २ मा अनिल अधिकारी, ३ मा कृष्णहरी आचार्य, ५ मा अनिश श्रेष्ठ, ८ मा दिलकृष्ण प्रजापति र ९ मा ज्ञानेन्द्रमान थापा श्रेष्ठ सभापतिमा सर्वसम्मत चयन भएका छ ।
भक्तपुरमा कांग्रेसको वडा अधिवेशन सौहार्दपूर्ण वातावरणमा भव्य र सभ्यरुपमा सम्पन्न हुने क्रममा रहेको जिल्ला सचिव निशान ढुंगेलले बताउनुभयो । उहाँले बाँकी रहेका ५ वटा वडामा अन्तिमसम्म सर्वसम्मत गर्ने प्रयास भइरहेको जानकारी दिँदैं सर्वसम्मत हुन नसके प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्वाचन मार्फत नेतृत्व चयन हुने बताउनुभयो ।