जुवा खेलेको अभियोगमा पुल हाउसका सञ्चालकसहित १० जना पक्राउ

भक्तपुर, साउन ३०
पुल हाउसमा जुवा खेलिरहेको अभियोगमा भक्तपुरको भेलुखेलस्थित एनएस स्नुकरस् पुल हाउसका सञ्चालकसहित १० जनालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुल हाउसका सञ्चालक भक्तपुर नगरपालिका ७ भेलुखेल बस्ने २९ वर्षिय सुजित देउला, ३६ वर्षिय सरज देउला र उत्तम देउला, ३३ वर्षिय सुनिल देउला, ५६ वर्षिय पूर्ण भगत, ४८ वर्षिय शंकर पोडे, ४१ वर्षिय बासुलाल पोडे, २५ वर्षिय विक्रम अवाल, सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने २४ वर्षिय धिरेन कुरुन्जु र काभ्रे बेथान चोक गाउँपालिका–५, कामीडाँडा घर भई हाल सूर्यविनायक–८, आदर्श बस्ने २९ वर्षिय दिनेश लामा छन ।
उनीहरुलाई पुल हाउसमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी निरिक्षक बासु खरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद एक लाख उनानब्बे हजार आठ सय पचास, तास, पुलको बल १६ थान, स्टिक एक थान, पुल चक एक थान, र पुलको बल मिलाउने काठको त्रिभुज आकारको फ्रेम एक थान बरामद गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप भई आवश्यक कानुनी कारवाही भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।