दुर्घटना गराई फरार दुई चालक पक्राउ

भक्तपुर, साउन २८
भक्तपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका दुई जना सवारी चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्रदेश ३–०२–०१० प ४८४६ नं को स्कुटी चालक काभ्रेपलाञ्चोक नाग्रे गगर्चे गाउँपालिका–१ का ४३ वर्षिय अनिल शाक्य र बा ३ ख ९१७२ नं. को भाडा बस चलाउने रामेछाप नगरपालिका–२ स्थाई घर भई हाल काठमाण्डौ जडीबुटी बस्ने २८ वर्षिय विरेन्द्र बस्नेत छन ।
स्कुटी चालक शाक्य गत साउन २३ गते राती सवा ८ बजे सूर्यविनायक नगरपालिका–८ आदर्शचोकस्थित अरनिको राजमार्गमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका थिए ।
जगताीबाट सल्लाघारीतर्फ आउँदैं गरेका शाक्यले ठक्कर दिएका पैदलयात्रीको उपचारको क्रममा डा. इवामुरा अस्पतालमा सोही राती ९ बजे मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
घटनामा मृत्यु भएका अन्दाजी ३२ वर्षिय पुरुष व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । प्रहरीले मृतक पुरुषका आफन्तको खोजी गरिरहेको जनाएको छ । घटनापछि फरार भएका शाक्यलाई स्कुटी समेत लुकाई छिपाई राखेको अवस्थामा महानगरिय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले ललितपुरको ग्वार्कोबाट बुधवार पक्राउ गरिएको प्रनाउ गिरीले बताउनुभयो ।
त्यसैगरी बा ३ ख ९१७२ नं. को भाडाको बसका चालक बस्नेत गत साउन २४ गते राती ११ बजे सूर्यविनायक नगरपालिका–८ जगातीस्थित हनुमान पेट्रोल पम्प नजिक अरनिको राजमार्जमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका थिए ।
घटनामा घाईते भएका सप्तरी राजबिराज घर भई हाल जिल्ला काठमाण्डौ बालुवाटार बस्ने १५ वर्षिय सरोज कुमार सदा डा. इवामुरा अस्पतालमा उपचारपछि घर फर्किसकेका छन ।
दुर्घटनाका बेला बसको नम्बर नखुलेपनि सुक्ष्म अनुसन्धानबाट बा ३ ख ९१७२ नं. को भाडा बस भन्ने खुल्न आएको र सोही आधारमा प्रहरी निरिक्षक सुदन केसी नेतृत्वको टोलीले चालक बस्नेतलाई पक्राउ गरेको प्रनाउ गिरीले बताउनुभयो । प्रहरीले दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।