पत्रकार बल्ललाई मातृशोक

भक्तपुर, साउन १५
नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको ६६ वर्षको उमेर बिहिवार साँझ निधन भएको हो ।
घरमै बसिरहेकी मिठुलाई छातिमा केही समस्या आएपछि उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मनमोहन कार्डियो अस्पताल लगिएका मिठुको उपचारको क्रममा साँझ मृत्यु भएको हो ।
स्वर्गिय मिठुका दुई छोरा र एक छोरी छन । पत्रकार बल्ल मिठुका कान्छा छोरा हुन । स्व. मिठुको बिहिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।