सूर्यविनायकको जंगलमा मानव कंकाल फेला

भक्तपुर, साउन ८
भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ । सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित सूर्यविनायक जंगलमा रहेको काफलको रुखमुनी सो मानव कंकाल फेला परेको हो ।
घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लो सहित हरियो नाइनलको डोरी झुण्डि रहेको, सोही रुखमुनी मानव कंकाल फेला परेको जनाएको छ । त्यसैगरी रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु यत्रतत्र छरिएर रहेको अवस्थामा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्रहरी घटनास्थलबाट रातो रंगको म्याजिक चप्पल १ जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सट समेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।