मन्त्री हमालले दिए राजीनामा

भक्तपुर, असोज २४
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो नियुक्तीपैति प्रश्न उठ्न थालेपछि हमालले आज (आइतवार) प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामा दिनुभएको हो । उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाउनुभएको हो ।
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएको थियो । उहाँको नियुक्तिसँगै न्यायलयले मन्त्रिपरिषदमा भाग खोजेको भन्दै व्यापक आलोचना भएको थियो ।
हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन । हमाल नेपाली कांग्रेस बाँकेका पुराना नेता समेत हुन । उहाँले नेपाली कांग्रेस बाँकेको जिल्ला सभापतिको जिम्मेवारी समेत बहन गरी सकेका छन । देउवा मन्त्रिपरिषद्मा हमाल गैर सांसदको हैसियतमा मन्त्री बनेका हुन ।