अधिवेशनपछि एकजुट भएर संगठन निर्माणमा जुट्नुपर्छ – सभापति थापा

भक्तपुर, असोज १२
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जीवन्त पार्टीमा अधिवेशनका क्रममा गुटगत वा समुहगत रुपमा छलफल तथा भेला हुनु स्वभाविक भएको बताउनुभएको छ । प्रजातान्त्रिक सेनानी स्व. जानकी प्रसाद कुईंकेलको १९ औं स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले बुधवार आयोजित कार्यक्रममा सभापति थापाले अधिवेशन पछि गुट र समूहलाई थाँती राखी पार्टीलाई सवल, सक्षम र सशक्त बनाउन सबै एकजुट भएर संगठन निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।
सभापति थापाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तथा नगर कार्य समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सबैलाई धन्यवाद दिँदैं अब हुने प्रदेश सभा, क्षेत्र एवं जिल्ला अधिवेशनमा सबल नेतृत्व चयन गर्न सबै क्षेत्रिय प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।


स्व. कुईंकेलको पदमार्गमा हिड्न सकेमा भक्तपुर कांग्रेसले नयाँ उचाइ हासिल गर्न सक्ने भएकोले पार्टीका बिभिन्न तह तथा तप्कामा रहेका जिम्मेवार पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारी र कर्तब्य अनुसार कार्यगर्न कुईंकेलको स्मृतीले प्रेरणा मिल्ने सभापति थापाले विश्वास व्यक्त गर्नुभयो ।
स्व. कुईंकेलका सहपाठी नेपाली कांग्रेस भक्तपुरका नेता माथवरसिंह बस्नेतले नेपालका प्रजातान्त्रिक योद्धा स्व. कुईंकेललाई अहिलेका पुस्ताले बिर्सिएमा भोली हाम्रो पुस्तालाई पनि कसैले नसम्झने बताउनुभयो । उहाँले भक्तपुरमा काग्रेसको संगठन विकासमा स्व.कुईंकेलले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित चाँगुनारायण नगर सभापति शिवहरी के.सीले पार्टीका नेता तथा कार्यकर्ताहरु सबै एकतावद्ध भई जनता र राष्ट्रलाई सर्बोपरी ठानेर अगाडी बढ्ने प्रण गर्न सकेमा स्व. कुईंकेल प्रति सच्चा श्रद्धा सुमन अर्पण हुने बताउनुभयो ।
कार्यक्रममा स्व. कुईंकेलकी धर्मपत्नी देवकी कुईंकेललाई बागमति प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता भँडेलको सक्रियतामा पार्टीका बिभिन्न तह र तप्कामा रहेका नेता तथा कार्यकर्ताहरुबाट संकलित ८५ हजार रुपैया सभापति थापा र भँडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पुर्व जिल्ला सभापति महेश श्रेष्ठ, वर्तमान कार्य समितिका उपसभापति हरी नेपाल, सचिव निशान ढुंगेल, कोषाध्यक्ष विजेश अवाल, सहसचिव किरण न्यौपाने, क्षेत्रिय सभापतिहरु जीबन खत्री तथा नारायणभक्त खयमली, नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णलाल भँडेल, ने.का क्षेत्र नं १ का प्रतिनिधि सभाका प्रत्यासी एवं कानुन आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, जिल्लाका चारवटै प्रदेशका सभापति, नगर सभापति एवं महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, वडा सभापतिहरु, नेपाल तरुण दल, नेपाल महिला संघका अध्यक्ष तथा पदाधिकारी, क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।