मध्यपुर थिमिको वडा नं. ९ र भक्तपुरको वडा नं. ५ मा कांग्रेसको वडाअधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

भक्तपुर, भाद्र १८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरको मध्यपुर थिमि वडा नं. ९ र भक्तपुर नगरपालिकाको वडा नं. ५ को वडा इकाई समितिको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।
मध्यपुर थिमिको वडा नं. को अधिवेशनले इकाई सभापतिमा ज्ञानेन्द्रमान थापा श्रेष्ठ सर्वसम्मत चयन गरेको छ । इकाई उपसभापतिद्धयमा सुधिर थापा र पूर्णकृष्ण चक्रधर, सचिवद्धयमा मोहन प्रसाद प्रजापति र रन्जय कार्की, उपसचिवद्धयमा धनकुमार राजबहाक र दिलकृष्ण राजबहाक सर्वसम्मत चयन भएका छन ।
त्यसै कार्यसमिति सदस्यहरुमा पार्वती राजबहाक, कालुराम धेके, राम क्षेत्री खड्का, पशुपति घिमिरे, सुनकृष्ण कासुला, देव कुचुमनी, महेश प्रजापति, पवन खड्का, सुन्दर श्रेष्ठ, अमर खड्का, प्रशान्त कार्की, अस्मिता कार्की, कान्छा चक्रधर, श्यामकृष्ण चक्रधर, रामकृष्ण धेके, बुद्धकृष्ण चक्रधर, कृष्णसुन्दर चक्रधर, कृष्णमाया धेके र जगतलक्ष्मी धेके सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै वडा नं. ९ बाट क्षेत्रीय प्रतिनिधिमा रघुनाथ खड्का क्षेत्री, राधिका खड्का, दिपक खड्का, सानुकाजी राबहाक, रिता राजबहाक, प्रकाश राजबहाक, रामप्रसाद धौवञ्जा, उमेश ख्याजु, चन्द्रप्रसाद धौबञ्जा, प्रतिक श्रेष्ठ, भुवन प्रजापति, श्यामकृष्ण चक्रधर, पूर्णकृष्ण चक्रधर, रामकाजी चक्रधर, राजेन्द्र चक्रधर, चन्द्रकृष्ण चक्रधर, जगतमाया धेके, चल्मी चक्रधर, भुवनेश्वरी साहु, राधिका खड्का, भगवति बस्नेत, सुनकेशरी कायष्ठ, ईश्वरी प्रजापति र महालक्ष्मी परियार सर्वसम्मत चयन भएका छन ।
त्यसैगरी भक्तपुर नगरपालिकाको वडा नं. ५ इकाई समितिको अधिवेशनले पनि कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । प्राप्त नतिजा अनुसार भक्तपुर वडा नं. ५ को इकाई सभापतिमा नारायण प्रसाद तमाखु सर्वसम्मत भएका छन ।
यसैगरी उपसभापतिमा श्रीधर धौभडेल र रामराजा कायष्थ, सचिवमा दिपेश जोशी र राजु लिवी, सहसचिवमा राजेश सुवाल र सिताराम माक सर्वसम्मत भएका छन ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा जयप्रसाद फोजु, कृष्णराम आचार्य, राजेश खाइतु, बद्री प्रसाद लोहला, गणेशबहादुर रञ्जित, राजुभक्त मुनकर्मी, शान्ति कासुला, सरिता कासुला, मंजय धौभडेल, सुमित्रा चौगुथी, अनिश हाछेंथु, राजाराम हाछेथु, जयलक्ष्मी नापित, हिसिला कायष्थ, गंगाप्रसाद कोजु र अभिशेक चित्रकार चुनिएका छन ।
यस वडाबाट क्षेत्रीय प्रतिनिधिमा सुनिल चित्रकार, दयामान कमार्चाय, गजेन्द्रशंकर तिमिला, धर्मरत्न खाईतु, रत्नसुन्दर खाईतु, कृष्णसुन्दर खाईतु, सरिन कर्माचार्य, सरोज तमखु श्रेष्ठ, राम हाछेथ्यु, अञ्जु धौभडेल श्रेष्ठ, नविना धौभडेल जोशी, आरती रंजीत, रजनी किसिजु र निशा द्योला सर्वसम्मत चुनिएका छन ।